back
NMB ad

फुर्सदिला भए कर्मचारी…

Kumari bank ad

काठमाडौं । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ ।

सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न छोडेपछि श्रम कार्यालय सुनसान भएको हो ।

त्यहाँ काम गर्ने कर्मचारी पनि फुर्स्दिला भएका छन् । दूतावासले अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरेर पठाएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले मागपत्रको पूर्वस्वीकृति दिँदै आएको थियो तर दूतावासले नै मागपत्र नपठाएपछि कार्यालयका कर्मचारी फुर्स्दिला भएका छन् ।

कार्यालय प्रमुख उमेश बस्नेतले मागपत्र पूर्वस्वीकृतिका लागि केही मात्रामा पुराना फाइल आए पनि नयाँ फाइल आउने क्रम रोकिएको जानकारी दिएका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अनिश्चितकालीन रूपमा श्रम स्वीकृति रोकेको भन्दै विदेशस्थित अधिकांश नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान नेपाली दूतावासले आइतबारदेखि श्रमिकको माग प्रमाणीकरणका कार्य अनिश्चित समयका लागि स्थगित गरेको जनाएका छन् ।

त्यस्तै कुवेत र कतारस्थित नेपाली दूतावासले पनि यसअघि नै अनिश्चितकालीन समयसम्मका लागि मागपत्र प्रमाणीकरण स्थगित गरिसकेका छन् । बहराइनले पनि दूतावासमा भीडभाड कम गर्न भन्दै अत्यावश्यक सेवाबाहेक अन्य कार्य स्थगित गरेको जनाएको छ ।

ती दूतावासले आ–आफ्नो तरिकाले सूचना जारी गर्दै दूतावासबाट प्रदान गरिँदै आएको मागपत्र प्रमाणीकरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका छन् ।

सरकारले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति रोकेको भन्दै दूतावासले मागपत्र प्रमाणीकरण रोकेको कारण खुलाएका छन् । (गोरखापत्र दैनिकबाट)

वि.सं.२०७६ चैत ४ मंगलवार ०६:५३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...