back
NMB ad

ट्राफिक नियम मिच्नेलाई पनि ‘नमस्कार’

Kumari bank ad

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान सुरु गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सहचालकलाई चिट काट्ने अनि सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइनेछ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अब कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् ।

त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । उनीहरुलाई सम्झाउँछन् र ट्राफिक नियमको पालना गर्न सचेत गराउनेछन् ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मियता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार सुरूवात गरका हौँ’, महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले भन्नुभयो, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उहाँको भनाइ छ ।

यसैबीच महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘गल्ती महसुस होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझून् भनेर यो अभियान सुरु गरेका हौँ’, महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले भन्नुभयो, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारीसाधन चलाउन मद्दत पुग्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नेबित्तिकै एसएसपी ढकालले आफ्ना सात वटा प्राथमिकता सार्वजनिक गर्नुभएको थियो । दक्ष, अनुशासित, मेहनति, सुजबुझ ढङ्गले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकता अनुसार ट्राफिक प्रहरीहरूलाई विभिन्न तालिम र अनुशिक्षण पनि प्रदान भइरहेको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार ०७:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...