back
NMB ad

मेगा बैंकले दियो धरानमा महिला उद्यमीलाई प्रशिक्षण

Kumari bank ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरुले निकै चासो लिएका थिए । महिला उद्यमीहरुलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ ।

यसैगरी, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरु यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताउनुभयो ।

वि.सं.२०७६ चैत ४ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...