back
NMB ad

१०३ स्थानीय तहमा भएन बैंकको कर्जा लगानी

Kumari bank ad

काठमाडौं । नेपालका ७ सय ५३ स्थानीय तहमध्ये १० वटामा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन । तर, अझै पनि १ सय ३ स्थानीय तहका बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह नै गर्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मंसिरसम्ममा बैंकहरू ७ सय ४५ स्थानीय तहमा पुगिसकेका थिए । सिन्धुली (तीनपाटन गापा), सप्तरी (तिलाथी कौइलाडी गापा), कालिकोट (तिलागुफा गापा), दैलेख (ठाँटीकाथँ गापा), रोल्पा (सुनछहारी गापा), मकवानपुर (राकसिराङ गापा), पाल्पा (निस्दी गापा), धादिङ (खानियाबास गापा) र सर्लाही (बरला नपा) लगायतका जिल्लाका गाउँपालिकाहरूमा कर्जा प्रवाह नभएको हो ।

‘कर्जाको माग स्थानीय तहहरूमा बढेको भए पनि प्रमुख सहरहरूको हिस्सा अझै बढी छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘निश्चित सीमाभन्दा माथिको रकमको कर्जा मुख्य कार्यालयबाटै अगाडि बढ्ने भएकाले पनि यस्तो देखिएको हुन सक्छ ।’

उद्योग, जलविद्युत्जस्ता ठूला क्षेत्रको कर्जा काठमाडौंका मुख्य कार्यालयहरूबाट मात्रै प्रवाह हुने भएकाले पनि यस्तो देखिएको हुन सक्ने दाहालको भनाइ छ ।

कतिपय गाउँपालिकामा कर्जा प्रवाह गर्न मालपोत नजिक नहुनु, एक रोपनी जग्गाको मूल्य २०–३० हजार रुपैयाँ मात्रै हुने हुँदा धितो लिनसमेत व्यावहारिक कठिनाइ पर्ने गरेकाले पनि कर्जा कम गएको हुन सक्ने दाहाल बताउँछन ।

‘क्षेत्रगत आधारमा पुरानो तथ्यांक उपलब्ध नभएकाले पनि स्थानीय तहमा कर्जा कसरी वृद्धि भइरहेको छ ? अहिले नै हेर्न सम्भव छैन,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘तैपनि, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट प्रवाह भएको कर्जा ५० प्रतिशतभन्दा बढी देखिँदै आएको छ ।’

कुल कर्जा रकम ३० खर्ब ७६ अर्बमा ४१.४६ प्रतिशत कर्जा सिंगो महानगरपालिकाबाट जारी भएको छ । काठमाडौं महानगरपालिकाबाट मात्रै १२ खर्ब ८४ अर्ब कर्जा प्रवाह भएको छ । दोस्रो स्थानमा रहेको लेखनाथ महानगरपालिकामा कुल कर्जा रकमको ४.४५ प्रतिशत मात्रै गएको छ । बैतडीको पञ्चेश्वर जिल्लामा भने १६ हजार २ सय रुपैयाँ कर्जा प्रवाह भएको छ ।

महानगरपालिकाहरूमा १८ खर्ब ७१ अर्ब, उपमहानगरपालिका क्षेत्रमा ३ खर्ब ४५ अर्ब, नगरपालिकामा ७ खर्ब ७७ अर्ब र गाउँपालिकामा भने ८२ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको साधारण बचत खाता विवरणअनुसार प्रतिबचत खातामा ४१ हजार रुपैयाँसम्म हुने गरेको छ । २ करोड ६० लाख साधारण बचत खाता खोलिएकामा कुल १० अर्ब ७८ करोड रुपैयाँ ती खातामा रहने गरेको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०७:११ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...