काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २१ दशमलव ९३ अंकले घटेको छ । १ हजार २७२ दशमलव १० विन्दुबाट शुरु भएको परिसूचक कारोबारको तेस्रो घण्टामा १ दशमलव ७२ प्रतिशत घटेर १ हजार २५० दशमलव १३ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । तेस्रो घण्टाको कारोबारमा १६७ ओटा कम्पनीकोे रू. ७२ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार २५ मा कारोबार भइरहेको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार १४:०१ मा प्रकाशित