काठमाडौं । कोरोना भाइरसबारे जनचेतनाका लागि भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विटरमा नाम परिवर्तन गर्नुभएको छ ।उहाँले नयाँ नाम ’नियमित हात धोऔं / Wash your hands’ राख्नुभएको छ ।
’कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands’) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो’, उहाँले ट्विटरमा लेख्नुभएको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार १८:०७ मा प्रकाशित