back
NMB ad

शेयर बजार बन्द गर्न धितोपत्र बोर्ड सहमत

Kumari bank ad

काठमाडौं । शेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुनेगरी शेयर बजार बन्द गर्न सहमत भएको हो ।

यसबारे आधिकारिक निर्णय भने बोर्ड सञ्चालक समिति बैठकले गर्नेछ । कोरोना भाइरसको प्रभावका कारण दिनप्रतिदिन बजार घट्न थालेपछि बजार नै बन्द गराउनुपर्ने माग शेयर बजारका सरोकारवालाहरु नेपाल धितोपत्र बोर्ड पुगेका थिए ।

ब्रोकर एशोसिएसन अफ नेपाल र शनेपाल इन्भेटर्स फोरम, पुँजीबजार लगानीकर्ता संघ, शेयर लागनीकर्ता संघ लगायत सबै लगानकर्ता संघका अधिकारीसँग बिहीबार दिउँसो बोर्डमा छलफल भएको थियो ।

उक्त छलफलमा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष भिष्मराज ढुंगाना, कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौड्याल, निरज गिरी तथा निर्देशक नवराज अधिकारी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद लगायत सेबोन र नेप्सेका अधिकारीहरु सहभागी थिए ।

उक्त छलफलमा बजार बन्द गर्न सबै पक्षबीच सहमति जुटेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।‘बजार बन्द गराउनुपर्छ भनेर हामीले गरेको मागमा उहाँहरु सहमत हुनुभयो । तर कति समय गर्ने बन्द गर्ने भन्नेमा छलफल गरेर निर्णय गर्छौं भन्नुभएको छ ।

हामीले चैत महिनाभरी बजार बन्द गर्न माग गरेका छौं । उहाँहरुले बोर्ड बैठक बसेर निर्णय गर्छौं भन्नुभएको छ, आइतबारदेखि बजार बन्द हुनसक्छ’ अध्यक्ष पोखरेलले भनिन् ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बजार बन्द गर्नुपर्छ भनेर लगानीकर्ताहरुबाट माग आएको भन्दै सो मागलाई बोर्ड र मन्त्रालयमा राख्ने बताए । ‘उहाँहरु आउनुभएको थियो । बजार बन्द गर्नुपर्छ भन्नुभयो । तर बजार बन्द गर्ने कि नगर्ने हामीले निर्णय गर्ने होइन ।

हामीभन्दा माति बोर्ड छ, अर्थ मन्त्रालय छ । हामी लगानीकर्ता साथीहरुको मागलाई बोर्ड र मन्त्रालयसम्म पुर्याउँछौं भनेका छौं’ प्रवक्ता गिरीले भने । अहिलेको नियमानुसार धितोपत्र बोर्डलाई बढीमा एक हप्तासम्म बजार बन्द गर्नसक्ने अधिकार छ ।

त्योभन्दा बढी बजार बन्द गर्न भने मन्त्रालयकै सहमति चाहिन्छ । त्यसैले लगानीकर्ताले भनेजस्तै चैत मसान्तसम्म बजार बन्द हुन्छ कि हुँदैन भन्न भने अर्थ मन्त्रालयको निर्णयमा भर पर्ने हुनाले आफूहरुले अहिलै केही भन्न नसक्ने बोर्डले लगानीकर्तालाई स्पष्ठ सन्देश दिएको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १४:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...