back
NMB ad

एनआईसी एशियाको तलब खातामा एक लाखसम्मको थप फाइदा

Kumari bank ad

काठमाडौं । न्यु सुपर चमत्कारिक तलब बचत खातामा उपभोक्ताले पत्याउनै नसक्ने फाइदा पाइने एनआईसी एशिया बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ग्राहकले तलब खाताबाट ग्राहकले न्यून ब्याजबाहेक थप फाइदा पनि महसुस गर्ने दाबी गरेको छ ।

प्राय तलब आउने खाताबाट ब्याजको अपेक्षा गरिँदैन र त्यहाँबाट आर्कषक ब्याज पाइदैन । तर, एनआईसी एशियामा निःशुल्क खोल्न मिल्ने तलब बचत खातामा अन्य बचत खातामा जस्तै ६ दशमलव ५ प्रतिशत ब्याज दिएको छ ।

बैंकले ग्राहकको फाइदाको लागि ब्याज बाहेक अन्य फाइदा पनि उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।यो खातामा अतरिक्त सेवा प्रयोगमा शूल्क लाग्दैन । इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङसँगै डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, एबीबीएस निःशुल्क छ । जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा शूल्क लाग्दैन ।

यसका अतिरिक्त तबल बचत खाता भएका कर्मचारीको लागि बैंकले बीमा पनि दिएको छ । जसअनुसार ग्राहकको दुर्घटनामा परि मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएमा दुर्घटना बीमा वापत संरक्षण खातावालाले १० लाख रुपैयाँसम्म पाउँछन् । त्यस्तै, १८ घातक रोग लागेमा ५ लाख रुपैयाँसम्म बीमा स्वरुप प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकले न्यू सुपर चमत्कारिक तलब बचत खाता भएका कर्मचारीको लागि कर्जा फाइदा पनि दिएको छ । बैंकले न्यून ब्याजदरमा घर कर्जा तथा सवारी कर्जाको फाइदा पनि दिएको छ ।

ग्राहकले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँ वा २५ महिनाको तलब मध्ये जुन कम हुन्छ सोही रकम बराबरको बिना धितो व्याक्तिगत कर्जा पनि लिन सक्नेछन् । साथै, २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड तथा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जाको समेत व्यवस्था गरिएको छ ।

यसबाहेक बैंकले ३ महिनाको अग्रीम तलव फाइदा वर्षमा एक पटक उपलब्ध गराएको छ । यसबाहेक अन्य विविध फाइदा भएको बैंकको दाबी छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...