back
NMB ad

राजधानीका पाँच स्थानमा सरकारी सुपथ मूल्य पसल भोलिदेखि संचालन हुने

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणका कारण खाद्यान्नको आयात कम भएको भन्दै सरकारले नै खाद्यान्न विक्री गर्ने भएको छ । व्यापारीहरुले चरम कालोबजारी गरेका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन सरकारले विभिन्न पाँच स्थानबाट दैनिक उपभोग्य वस्तुहरु विक्रि गर्न लागेको हो ।

बजारमा कालोबजारी बढेपछि सहुलियत दरका खाद्यान्न उपलब्ध गराउन लागेको नियमित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका हुन् ।

सो पत्रकार सम्मेलनमा मन्त्री भट्टले आयात नियमित रुपमा भएपनि उपभोक्ताले आवश्यकता भन्दा बढी खरिद गरिरहेकाले अभाव देखिएको बताए । उपत्यकामा समस्या देखिए पनि उपत्यका बाहिर त्यति समस्या नदेखिएको उनको भनाइ थियो ।

अहिले व्यापारीहरुले दैनिक उपभोग्य वस्तु दाल, चामल, खानेतेल, ग्याँस, मास्क तथा तरकारी लगायतका वस्तुमा चर्काे कालोबजारी गरिरहेका छन् ।

सरकारसँग ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधी, १० महिनालाई पुग्ने नुन तथा ३ महिनालाई पुग्ने चिनीको मौज्याद रहेको मन्त्री भट्टले बताए ।

वि.सं.२०७६ चैत ६ बिहीवार १८:०३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...