back
NMB ad

कोरोना भित्रिएको छैन, आत्तिनुपर्दैन : सरकार

Kumari bank ad

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस नभित्रिएको भन्दै नआत्तिन सर्वसाधारणमा आग्रह गरेको छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले कोरोना भाइरसको जोखिमलाई लिएर पूर्वतयारी अपनाइएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तिनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म कुनै पनि व्यक्तिमा भाइरस नदेखिएको दाबीसमेत गरे ।

विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबभन्दा बढी नोक्सानी भएको मन्त्री खतिवडाले बताए । हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल, हस्तकला लगायत क्षेत्र कोरोना भाइरसको जोखिमका कारण बढी प्रभावित भएको उनले बताए । पर्यटन क्षेत्र बढी प्रभावित भएको भए पनि अफ सिजनमा पर्यटक ल्याएर क्षतिपूर्ति गराउन सकिने गृहकार्य सरकारले गरिरहेको उनको भनाइ थियो । पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको जानकारी उनले दिए ।

यसैगरी, रेमिट्यान्समा समस्या उत्पन्न भएको उल्लेख गर्दै यसले तरलतामा समस्या उत्पन्न हुन सक्ने तर बैंकहरूमा ७० अर्ब रुपैयाँभन्दा बढी तरलता भएकाले अप्ठ्यारो नपर्ने अर्थमन्त्री डा. खतिवडाले बताए । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने उनले स्पष्ट पारे ।

कारोनो भाइरसको जोखिम रहेका मुलुकबाट कोही पनि नेपाल आउन नदिने बताउँदै उनले रोजगारका लागि विदेश जानेलाई नेपालमै रोजगार दिने बताए । प्रधानमन्त्री स्वरोजगारमार्फत युवालाई रोजगार दिने व्यवस्था रहेको बताउँदै उनले युवाहरूलाई यसमा आबद्ध हुन आग्रह गरे ।

चीनतर्फको नाकाबाट सामान ल्याउन केही समस्या भएकाले स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिनभित्र नेपाल ल्याउनेतर्फ पहल भइरहेको उनले बताए ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा आपूर्तिमा खासै समस्या नरहेको बताए । तर, आवश्यकभन्दा बढी औषधि र सामान थुपार्ने प्रवृत्तिले समस्या उत्पन्न भएको उनले बताए ।

‘तीन महिनाको औषधि लिने मान्छेले ६ महिनाको औषधि लिएको पायौं,’ मन्त्री भट्टले भने, ‘एक क्विन्टल खाद्यान्न चाहिने मान्छेले चार क्विन्टलसम्म राखेको पाइयो ।’ कोरोना भाइरसको विश्वव्यापी संक्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने उनले स्पष्ट पारेका छन् । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारबाही गरिएको बताउँदै उनले सरकारले आगामी ६ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशंकामा आवश्यकभन्दा बढी सामान खरिद नगर्न आग्रह गरे ।

उद्योगमन्त्री भट्टले आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने उनले बताए । पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताउँदै उनले केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिएको बताए ।

ग्यास र पेट्रोलियम पदार्थ आवश्यकभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इन्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने उनको सुझाव थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले हाच्छिउँ आउँदैमा कोरोना जाँच गर्नु नपर्ने जनाउँदै त्यसरी जाँच गर्दा स्रोतको सदुपयोग नहुने बताए । कोरोना भाइरस नेपालमा नभित्रिएको र भित्रिएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न सरकार तयारी अवस्थामा रहेको जानकारी उनले दिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ । उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।(राजधानी दैनिकबाट)कोरोना

वि.सं.२०७६ चैत ७ शुक्रवार ०७:१२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...