काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २०७७ साल वैशाख १ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ८ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ८ दशमलव १६ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरि ५ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १२:२९ मा प्रकाशित