back
NMB ad

रकम झिक्न बैंकमा घुइँचो

Kumari bank ad

भक्तपुर । कोभिड—१९ को संक्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आइतबार सर्वसाधारणको अत्यधिक भीड लागेको छ ।

राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखामा आइतबार बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । ११ बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्यविनायकको सडकसम्म पुगेको थियो । दसैंमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकैपटक आउँदा बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

बैंकका कर्मचारी कुमाले खत्रीका अनुसार सरकारले २५ जनाभन्दा बढी भीड नगर्नु भनेको अवस्थामा भित्र २५ जनालाई मात्रै प्रवेश गराउँदा बाहिर भीड बढेको हो । ‘हाम्रा सुरक्षा गार्डले मात्रै स्थिति सम्हाल्न नसकेपछि प्रहरीको मद्दत लिनुप¥यो, आजदेखि पेन्सन वितरण पनि सुरु भयो’, उनले भने, ‘पेन्सन झिक्न आउने र कोरोनाको हल्लाले पैसा झिक्न आउने आजै आउँदा बैंकमा भीड जम्मा भएको हो ।’

बैंकभित्र भने २५ जनाभन्दा बढीलाई प्रवेश नदिएको बताउँदै उनले बाहिरको भीड कर्मचारीले रोक्न नसक्ने जनाए । बैंकको लाइनमा बस्नेहरू टाँसिएर बसेको र मास्कसमेत नलगाएका कारण कोरोनाको जोखिम बढेको उल्लेख गर्दै लाइनमा पैसा झिक्न आएकी सूर्यविनायक–८ सिपाडोलकी रमिला श्रेष्ठले बैंकमा दुई–तीन वटा काउन्टरको व्यवस्था गरेर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने बताए ।

सूर्यविनायककै प्रभु बैंकमा ११ बजेदेखि पैसा झिक्न आउनेको लाइन बढेको थियो । लाइन पाण्डुबजार अगाडिसम्म पुगेको थियो । बैंकका सुरक्षा गार्डले भित्र २५ जनाभन्दा बढी नपठाएका कारण लाइन धेरै बढेको बताइएको छ ।

भक्तपुरका नेपाल बैंक, एनआईसी एसिया, सानिमा, माछापुच्छे्र«, मेघालगायत बैंकमा रकम झिक्नेको भीड लागेको थियो । प्रभु बैंकमा पैसा झिक्न लाइन बस्नेहरूमध्ये मध्यपुरथिमिका रमेश श्रेष्ठले कुनै पनि बेला ‘लक डाउन’ हुने डर, खाद्यान्न जोहो गर्नुपर्ने र आकस्मिक अवस्थामा चलाउनुपर्ने भएकाले रकम झिक्न लागेको बताए ।

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरू बन्द हुन सक्ने भएकाले घरमै पैसाको जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरू एकैपटक आएकाले बैंकमा भीड भएको बैंकका कर्मचारीको भनाइ छ । बैंकमा आउनेहरू अधिकांशले कोरोनाको जोखिमका कारण बैंक पनि बन्द होला र सरकारले बाहिर निस्कन नदिएला भन्ने डरले घरमा केही पैसा जोहो गरेर राख्ने भन्दै आएको उनीहरू बताएका छन् ।(राजधानी दैनिकबाट)

वि.सं.२०७६ चैत १० सोमवार ०९:३७ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...