back
NMB ad

काभ्रेको नार्केमा बम विष्फोट

Kumari bank ad

काभ्रे । रोशी गाउँपालिका–८ नार्केबजारमा बम विष्फोट भएको छ । सोमबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतलामा रहेको पसलको सटर छेउमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन। विष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरीले शंका गरको छ ।यसअघि सो समूहले तामाङको घरमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखी गएको केही बेरमै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङले बताए।

थिङका अनुसार घटना भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी चौकीबाट पाँचजना र कटुञ्जे प्रहरी चौकीबाट तीनजना प्रहरी पुगेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार ०९:४७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...