back
NMB ad

यस्ता छन् कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकका आठ निर्णय (सूचिसहित)

Kumari bank ad

काठमाडौं । विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणलाई रोक्न सरकारले सीमा बन्द गर्दा अलपत्र परेका नेपालीलाई एक पल्ट प्रवेशको मौका दिइएको छ।

मंगलबार सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो। नेपाल–भारत सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको मौका दिने गरी यो निर्णय भएको हो।

सरकारले स्वास्थ्य जाँचपछि नेपाल प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

‘विशेषगरी दक्षिण नाकामा सयौंको संख्यामा भारतबाट फर्किएका नेपाली अलपत्र परेर समस्यामा परेका देखेका छौँ’, खतिवडाले भने, ‘यी नागरिकको पीडालाई देखेर हामीले अन्तिम पटक प्रवेशको मौका दिने निर्णय भएको छ।’

नेपाल प्रवेश भएपछि क्वारेन्टाइनमा राख्ने विषयमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय हुने मन्त्री खतिवडाको बताए।  जनताको स्वास्थ्यका लागि सरकारले गरेको आह्वानलाई सबै नागरिकले अबलम्बन गरेको भन्दै मन्त्री खतिवडाले सबैलाई धन्यवादसमेत दिएका छन्।

सरकारले शुक्रबारदेखि सीमा नाका बन्दको घोषणा गरेको थियो भने मंगलबारबाट पूरै देशभर लक डाउन गरेको छ।

निर्णयहरुः

१. COVID-19 को विश्व महामारीको वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुबाट सुरक्षा व्यवस्था मिलाइ आफु रहे बसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन कुटनैतिक माध्यमबाट अनुरोध गर्ने । साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आफु रहेको मुलुकमा सुरक्षित र संयमित रुपमा रहन बस्न आव्हान गर्ने । विदेश स्थित नेपाली नियोगहरुले विदेशमा रहेका नेपाली नागरिकहरुको लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरुको बारेमा अवगत गराउने ।

२. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।१२।०९ को निर्णयानुसार मिति २०७६।१२।११ गते बिहान ६ बजे देखि लागु हुने गरी नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाहरुबाट आवागमन स्थगन गरेपछि यस अघि नेपालतर्फ यात्रा आरम्भ गरी विभिन्न स्थलगत सीमा नाकाहरुमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरुलाई एकपटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिने । यसरी प्रवेश हुने व्यक्तिहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच (Health Screening) गरी कम्तिमा १४ दिन क्वारेन्टाइनमा रहने व्यवस्था सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले मिलाउने ।

३. विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान-धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा र भेरी अस्पताल-नेपालगंजका प्रयोगशालाहरुमा COVID-19 Testing को कार्य यथाशीघ्र सुरु गर्ने । यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने । ती स्थानहरुमा प्रयोगशाला परीक्षण सेवा संचालन नभएसम्मका लागि विराटनगर र नेपालगंजबाट Swab संकलन गरी हवाइमार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने ।

४. नेपालमा COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।

५. संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण र उपचारका सामग्रीको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनिक सूचना जारी गर्ने । यस सम्बन्धि विषयमा संभावित आपूर्तिकर्ता संग भोलि नै छलफल गरी त्यस्ता सामग्रीको आपूर्ति २०७६।१२।१५ भित्र गर्ने व्यवस्था मिलाउने ।आपूर्ति गरिने त्यस्ता सामग्रीको ढुवानी गर्न कुनै समस्या देखिएमा नेपाल सरकारले सोको व्यवस्था मिलाउने ।

६. सवारी आवागमनको हकमा कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरुलाई छुट दिने । साथै, प्रेस पास प्राप्त गरेका संचारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र विक्रिवितरणमा संलग्न हुने जनशक्ति लगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।

७. कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्‍याउन नेपाल सरकारले “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” स्थापना गरिसकेको सन्दर्भमा सोहि प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने । यदि छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा आफु मातहतका संघसंस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्ने । यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा अनिवार्य रुपमा जम्मा गर्ने। यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने ।

८. नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ । यस सम्बन्धमा समितिबाट भएका निर्णयहरु र यस सम्बन्धी विषयमा कुनै सल्लाह, सुझाव वा जानकारी लिन / दिन र नेपाल सरकारले स्थापना गरेको “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” मा रकम जम्मा गर्न समन्वय समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री नारायणप्रसाद विडारी (९८४८५९४९८३) लाई सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्ने।

वि.सं.२०७६ चैत ११ मंगलवार १७:५४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...