back
NMB ad

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु, तीन संक्रमित

Kumari bank ad

अमेरिका । अमेरिकामा कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट एक गैरआवासीय नेपालीको मृत्यु भएको छ। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो।

नेपालमा पाँचथर  जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ।

‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखद भयो’, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले अन्नपूर्णसँग भने, ‘सबै जना सुरक्षित रहनुहोला।’नेम्वाङका अनुसार उनको परिवारका सबै संक्रमित छन्। परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन्।

हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो।

त्यसैगरी भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षियमहिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।

वि.सं.२०७६ चैत ११ मंगलवार १८:५६ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...