काठमाडौं । मलेसिया सरकारले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि १८ देखि ३१ मार्च सम्म लगाएको लकडाउनको अवधि थप दुई हप्ताको लागि बढाएको छ ।
अब मलेसिया १४ अप्रिल सम्म लकडाउन हुनेछ । मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या १७९६ पुगेको छ र २० जनाको मृत्यु भइसकेको छ ।
मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न नेपाली राजदूतावास, मलेसियाले अनुरोध गरेको छ ।दूतावासले सबै नेपालीलाई सजग रहन र सरकारको आवागमन नियन्त्रण आदेशको पालना गर्नका लागि आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत १४ शुक्रवार ०८:४३ मा प्रकाशित