back
NMB ad

महसुल भुक्तानी गर्दा एनटी रिचार्ज कार्ड वा विद्युतीय माध्यमबाट गर्न नेपाल टेलिकमको अनुरोध

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवाहरुको महसुल एनटी रिचार्ज कार्ड (NT Recharge Card)  वा विद्युतीय माध्यममार्फत भुक्तानी गर्न अनुरोध गरेको छ ।

हालको विषम परिस्थितीलाई मध्यनजर गरी टेलिकमले कम्पनीका सेवाहरुको महसुल भुक्तानी रिचार्ज कार्ड वा विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो ।

कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै टेलिकमले असहज परिस्थितीमा पनि आफ्ना ग्राहकका लागि सहज सेवा उपलब्ध गराउन तत्पर रहेको बताएको छ ।

टेलिकमले बुधबार राति १२ बजेदेखि रिचार्जमा शतप्रतिशत बोनस सेवा पनि सुरु गरेको थियो । बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको निर्देशनअनुसार रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गर्ने निर्णय गरेको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकलाई २०० रुपैयाँसम्म सापटी उपलब्ध गराउन टेलिकम कम्पनीहरुलाई निर्देशन दिइसकेको छ भने रिचार्जमा पनि शतप्रतिशत बोनस दिनुपर्ने बताएको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १७:२० मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...