back
NMB ad

प्रदेश सभा सदस्यहरुलाई कोभिड-१९ नियन्त्रणका लागि लाग्न आग्रह

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड १९ नियन्त्रणका लागि प्रदेश सभा सदस्यहरुलाई समेत लाग्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि आफू मातहतका स्थानीय तहहरुका प्रमुख तथा उप प्रमुखहरुसंग समन्वयगरी पछिल्लो समय भारत लगायत अन्य देशहरुबाट आएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आवश्यक कामकार्वाही गर्ने कामको नेतृत्व गर्न प्रदेश सभा सदस्यहरुलाई अनुरोध गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

“मुख्यमन्त्री ज्युले कोभिड १९ नियन्त्रणका लागि बागमती प्रदेशका मानीय प्रदेश सभा सदस्यहरुलाई आफू मातहतका स्थानीय तहहरुका प्रमुख एवं उपप्रमुखहरु संग समन्वयगरी पछिल्लो समयमा भारत लगायत अन्य देशहरुबाट उक्त स्थानीय तहमा आएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलनगरी आवश्यक कामकार्वाही गर्नुहुन तथा प्रदेशको कोभिड नियन्त्रण उच्चस्तरीय समन्वय समिति एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा जानकारी गराउनु हुन अनुरोध गर्नुभएको छ” मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भन्नुभयो ।

उहाँका अनुसार मुख्यमन्त्रीले सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई आफ्नो गाउँटोलमा भारत लगायत विदेशबाट भर्खर आएकाहरुको तथ्याङ्क सङ्कलनगरी उनीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको समेत अवस्था , स्वास्थ्य स्थिति आदिको लगत लिई प्रत्यक्ष अनुगमन , निर्देशन तथा सरसहयोग गरिदिन तथा त्यसको अभिलेख आफ्ना क्षेत्रको प्रदेश सभा सदस्यलाई उपलब्ध गराइउन समेत अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले विषम परिस्थितिको मौका लिई कालाबजारी गर्नेहरुको समेत पहिचान गरी प्रदेशको उच्च स्तरीय बजार अनुगमन समितिलाई खबर गर्न समेत अनुरोध गर्नुभएको जनाइएको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:५१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...