back
NMB ad

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने

Kumari bank ad

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (आइतबार) बस्दै छ । बैठकले कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

‘अहिले मुलुकमा कोरोना भाइरस महामारीले जनजीवनमा जुन प्रभाव पारिरहेको छ, त्यस विषयमा मन्त्रिपरिषद्मा छलफल हुनेछ,’ प्रेस सल्लाहकार थापाले भन्नुभयो ‘साथै लकडाउन लगायत विषयमा पनि छलफल गर्ने तयारी छ ।’

आजको बैठकले लकडाउन लम्ब्याउने तयारी पनि गरेको स्रोतले दाबी गरेको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार लकडाउनबारे निर्णय गर्ने अधिकार कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिलाई नै भएको बताउनुभयो ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि पूरै देशलाई लकडाउन (बन्द) गरिरहेको छ ।यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले लकडाउनलगायत विषयमा निर्णय गर्ने गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकले उक्त समितिले गरेका कामको समीक्षा र थप तयारीका विषयमा निर्णय गर्ने बताइएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...