back
NMB ad

कोरोना भाइरसको त्रास बढेपछि कैदीबन्दीले जेलमा तोडफोड गरेपछि…

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको त्रास बढेपछि इरानका कैदीबन्दीले गरे जेलमा तोडफोड कोरोना भाइरसको त्रास बढेपछि दक्षिणी इरानको एक जेलमा कैदीबन्दीहरूले तोडफोड गरेका छन् ।

इरानमा अहिलेसम्म ४० हजार मानिस संक्रमित भएका छन् भने दुई हजार सात सय ५७ को मृत्यु भएको छ ।  इरानको समाचार संस्था आइआरएनएले फारस प्रान्तका गभर्नर इनायतुल्लाह रहमीलाई उद्धृत गर्दै आइतबार बिहान दक्षिण पश्चिमी सहर सिराजको आदेल आबाद कारागारमा विरोध प्रदर्शन भएको जनाएको छ ।

देशमा भाइरस संक्रमणको त्रास बढ्दै गएपछि उनीहरूले रिहाइको माग गर्दै तोडफोड गरेका हुन् । रहमीका अनुसार कैदीहरूले जेलभित्र तोडफोड गरेका थिए, तर कोही घाइते भएका छैनन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि इरानले यसअघि एक लाख कैदीबन्दीलाई रिहा गरेको थियो ।  आइआरएनएले जनाएअनुसार शुक्रबार इरानको पश्चिमी कुर्दिस्तान प्रान्तको साक्केज जेलमा गार्डलाई कुटपिट गरी ७० जना कैदीबन्दी भागेका थिए । भागेकामध्ये केही कैदी पुनः जेलमा नै फर्किएर आएका थिए ।

इरानमा यस वर्षको सुरुवातदेखि नै अलिगुदरज, हामेदन र तब्रिजको जेलमा पनि तोडफोड भएको थियो र केही कैदी त्यहाँबाट भागेका थिए ।
इरानका स्वास्थ्य अधिकारीका अनुसार ४० हजार संक्रमितमध्ये १४ हजार निको भइसकेका छन् भने तीन हजार पाँच सय गम्भीर अवस्थामा रहेका छन् ।

विश्वभर अहिलेसम्म सात लाख २० हजार मानिस संक्रमित भएका छन् भने ३४ हजारको मृत्यु भएको छ र एक लाख ५० हजार मानिस निको भइसकेका छन् ।

वि.सं.२०७६ चैत १७ सोमवार १९:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...