back
NMB ad

लकडाउन अवधिभर खुल्दैन शेयर कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धितोपत्रको कारोबार सरकारले लागू गरेको लकडाउन अवधिभर नहुने भएको छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन अवधि ८ दिन थप गरेसँगै सेयर कारोबार पनि रोकिने भएको हो ।

तत्कालका लागि सरकारले थप गरेको लकडान अवधिसम्ममा सेयर कारोबार बन्द गर्ने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

सरकारले पहिलो चरणको लकडाउन सात दिनका लागि गरेकोमा नेप्सेले सोही अवधिसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको थियो ।
गत मंगलबारदेखि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सोमबारसम्मका लागि कारोबार बन्द गरिएको थियो ।

लकडाउन लम्बिएपछि सेयर कारोबार के हुन्छ भन्नेमा पुँजी बजारका सम्बद्ध निकायहरूको चासो थियो । आइतबार धितोपत्र बोर्डले पत्राचार गरेपछि सोमबार सञ्चालक समिति बैठक बसेर नेप्सेले लकडाउन अवधिमा सेयर कारोबार पनि बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेको निर्णयअनुसार आगामी सातासम्म सेयर कारोबार हुँदैन । त्यसपछिका दिनमा पनि सरकारले लिने निर्णयअनुसार आफूहरू पनि अघि बढ्ने साउदले जानकारी दिए ।बोर्डले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गरेको थियो ।

दोस्रो चरणमा बोर्डको निर्देशनमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ अनुसार प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिइ कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्नसक्ने व्यवस्था छ ।  सोहीअनुसार नेप्सेले सोमबार निर्णय गर्दै दोस्रो चरणको लकडाउनमा धितोपत्र कारोबार बन्द गर्ने भएको हो ।

वि.सं.२०७६ चैत १८ मंगलवार १०:०३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...