back
NMB ad

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

Kumari bank ad

कास्की । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।  सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ ।

बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो ।

हेल्किोप्टर अवतरण गरेसँगै मेशिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन, आज बिहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ ।’ श्रेष्ठले अब गण्डकी प्रदेशका बिरामीको परीक्षण सहज हुने बताए । रासस

वि.सं.२०७६ चैत १८ मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...