काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन हनुभएको छ । बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
यसअघि चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो । यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो । सोसँगै उहाँलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो।
कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ ।
वि.सं.२०७६ चैत १९ बुधवार १२:४६ मा प्रकाशित