back
NMB ad

हिरासतको झ्याल उप्काएर थुनुवा भागेपछि…

Kumari bank ad

काठमाडैं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् । राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उप्काएर भागेका हुन् ।

लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले जानकारी दिए । कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए ।

उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए । थुनुवा झ्याल नै उप्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो। यसमा भएको लापरबाही बारे खोजी गरिने डिएसपी तिम्सिनाले बताए ।

‘केही समयपछि हामीलाई हेडक्वाटरबाट निर्देशन पनि आउनेछ, त्यसअनुसार प्रदेशस्तरीय छानविन समिति हामी गठन गर्छौं’ उनले भने ।

वि.सं.२०७६ चैत २० बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...