back
NMB ad

कोरोना नियन्त्रणमा सर्वोच्चका न्यायाधीशको आधा तलब

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आधा तलब कोरोना नियन्त्रणका लागि सहयोग गर्ने भएका छन । सर्वोच्चको पूर्ण बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो ।

‘सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सम्माननीय प्रधानन्यायाधीशलगायत सर्वोच्च अदालतका सबै माननीय न्यायाधीशहरूको मासिक पारिश्रमिकको ५० प्रतिशत रकम सहयोगस्वरूप उपलब्ध गराउने,’ निर्णयमा उल्लेख छ ।

मातहतका अदालत र न्यायाधीकरणमा कार्यरत न्यायाधीशहरूबाट सहयोगस्वरूप सो कोषमा उपयुक्त रकम उपलब्ध गराउने व्यवस्थाका लागि सम्बन्धित अदालत तथा न्यायाधीकरणमा लेखी पठाउने निर्णय भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सर्वाेच्चको फुलकोर्ट थप लम्बिने निर्णय

सर्वोच्च तथा मातहतका अदालतले ‘लकडाउन’ अवधि थपिएसँगै विशेष किसिमका मुद्दा मात्र दर्ता, सुनुवाइ तथा फैसला गर्ने समय पनि लम्ब्याएको छ ।

‘सेवा प्रवाह सम्बन्धमा गरिएको यस प्रकारको निर्णयबमोजिम २८ चैतसम्म निरन्तरता दिने,’ सर्वोच्चको निर्णयमा भनिएको छ । यसअघि २३ चैतसम्म बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसँग सम्बन्धित मुद्दा मात्र हेर्ने सर्वोच्चले निर्णय गरेको थियो ।

सरकारले लकडाउन एक साता थपेर २५ चैतसम्म निरन्तरता दिएसँगै यस अवधिलाई पनि बढाइएको हो । सर्वोच्चको निर्णयअनुसार भिड घटाउन अधिकांश काम विद्युतीय माध्यमबाट भए पनि कैद र सुधारगृहमा रहेका बालबालिका छुटाउन पनि इमेलमार्फत निवेदन दिने व्यवस्था गरेको छ । यो समयमा कैदीबन्दी छोड्ने निवेदनको चाप अत्यधिक रहेकाले भिड पनि बढेको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो ।

वि.सं.२०७६ चैत २२ शनिवार ०९:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...