back
NMB ad

लकडाउनलाई थप कडाई : सुरक्षा समितिले तोक्यो खाद्यान्न र तरकारी पसल खोल्ने समय

Kumari bank ad

परासी । बजार क्षेत्रमा भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ ।

भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए ।

यसअघि चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोल्न दिएको थियो । अब उनीहरुका लागि निश्चिम समय सीमा तोकिएको छ ।  पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यन्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

क्रमशः यो समय तालिका अन्य बजार क्षेत्र र स्थानीय तहमा लागु गरिने छ । औषधि पसलहरु भने चौबिसै घण्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।

तरकारी र खाद्यन्न खरिद गर्ने बहानामा साँझपख भिडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाई बुझाई छाडिएपनि अब भने पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सरकारले लकडाउनलाई कडाईगर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहको आवतजावतलाई रोक गरेसँगै जिल्ला सुरक्षा समितिले जिल्लाको लकडाउनलाई कडाई गर्दै लगेको हो ।

वि.सं.२०७६ चैत २३ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...