back
NMB ad

पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँट : कसले कति पाए ?

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बुधबार बिहान उक्त आईपीओको बाँडफाँट गरिएको हो ।

उक्त आईपीओ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक समेत रहेको आरबीबी मर्चेन्टको कार्यालयमा उक्त आईपीओको बाँडफाँट भएको थियो ।

उक्त आईपीओमा ३ लाख ९० हजार ६ सय ३८ आवेदन स्वीकृत गरिएको थियो । जसमध्ये २७ हजार ७ सय ४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए ।

त्यस्तै, १५ हजार ५ सय ९० जनाले २० कित्ताको लागि तथा १२ हजार ७ सय २३ जनाले ३० कित्ताका लागि आवेदन दिएका थिए । ४० कित्ता शेयर माग गर्नेको संख्या भने २० हजार ९ सय २९ थियो । ती सबैलाई माग गरे बराबरकै शेयर वितरण गरिएको छ ।

५० कित्ता वा सोभन्दा बढी शेयर माग गर्ने बाँकी ३ लाख १३ हजार ६ सय ४८ आवेदकमध्ये सबैलाई ४० कित्ता शेयर वितरण गरिएको छ ।त्यसो गर्दा बाँकी हुन आउने शेयरलाई गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । यसमा यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।

पुनर्बीमा कम्पनीको शेयर चैत ४ गतेदेखि ७ गतेसम्म निष्कासन गरिएको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य भएको उक्त शेयर १ करोड ६० लाख कित्ता जारी गरिएकोमा जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि कटाएर बाँकी हुन आउने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। यो आईपीओ बाँडफाँटसँगै पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार ०९:०४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...