back
NMB ad

लकडाउनमा इन्टरनेट सेवा प्रदान गर्न क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्स

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड-१९ को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसलाई फैलन नदिनका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ ।

सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म घर बाट बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।लकडाउनले गर्दा उद्योग, कल कारखाना, शैक्षिक संस्था लगायतका विभिन्न कम्पनी तथा कार्यालयहरु बन्द छन् ।

यस्तो अवस्थामा अनलाइन मिटिङ, एक अर्कासँग कुराकानी गर्न, मनोरञ्जन लिन, सूचना तथा जानकारी लिन, समय विताउन तथा अन्य विविध कामको लागि इन्टरनेट सेवा अति आवश्यक भएको छ ।

अनलाइन बैकिङ, अनलाइन ऐजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

यस्तो चुनौतिपूर्ण घडिमा ग्राहकहरुलाई सेवा प्रदान गर्नको निम्ति इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी दिएको छ ।

क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्सले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको कम्पनीले जनाएको छ ।

क्लासिक टेकले कोभिड-१९ फाइबर टास्क फोर्सेको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ ।

साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारे पनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ ।
महामारीबाट आफ्ना कोभिड-१९ फाइबर टास्क फोर्सेका स्टाफ कर्मचारी तथा उनीहरुका परिवार जन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले कार्यालयहरुमा नै कोभिड-१९ फाइबर टास्क फोर्सको लागि खाना बस्नको व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवाप्रवाह गराउँदै आएको समेत जनाएको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १७:२९ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...