back
NMB ad

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन वार्ता : ‘कोभिड -१९’ विरुद्ध सँगै लड्ने प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार टेलिफोनवार्ता भएको छ ।

सो अवसरमा दुइ देशका प्रधानमन्त्रीले कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको पछिल्लो अवस्था र त्यसविरुद्धको चालिएका कदमहरुका विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै देशका प्रधानमन्त्री कोभिड–१९ विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । फोन वार्तामा नेपालका प्रधानमन्त्री ओलीले नेपाललाई औषधिजन्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । जुन पाइपलाइनमा रहेको छ ।

त्यसैगरि बोर्डबाट सहजरुपमा ढुवानी भइरहेको विषयमा ओली र मोदीले सन्तुष्ट व्यक्त गरेका थिए । सो अवसरमा भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीय नागरिकलाई हेरचाह गर्ने विषयमा समेत छलफल भएको थियो ।

कोभिड–१९ को संक्रमणलाई फैलिन नदिनका लागि दुवै देशका सरकारले समन्वय गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ । यतिबेला दुवै देशमा लकडाउन रहेको छ ।

बोर्डरबाट मानिसहरुको मानिसको आगमन बन्द गरिएको छ । नेपालले आजै चोरबाटोबाट आउने जाने हुन सक्ने आशंकामा केहि स्थानमा स्थायी चेकपोष्ट स्थापना गर्ने निर्णय गर्न थालेको छ ।

सो अबसरमा १५ मार्चमा भएको सार्क देशहरुका उच्चनेतृत्वको भिडियो कन्फरेन्सले सकारात्मक सन्देश दिएको विषयमा समेत छलफल भएको थियो । सबै देशले सार्क आपत्कालिन कोषमा योगदान गरेका छन् । पाकिस्तानले समेत योगादन गरेको जानकारी आएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण भारतमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतमा भने ६ हजार ७ सय ७१ ज्नामा संक्रमण देखिएको छ भने २२८ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १५:४३ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...