back
NMB ad

कोरोना महामारी : छ यस्तो विश्वको पछिल्लो अपडेट, १ लाख २ हजारको मृत्यु, १७ लाखमा संक्रमण

Kumari bank ad

काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ६७ को पुगेको छ ।

विश्वभरमा १६ लाख ९७ हजार ३ सय ५६ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार एक सय ६ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १४ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विगत २४ घण्टामा मात्रै कोरोनाबाट ९३ हजार ६ सय ६२ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख १ हजार ८ सय ८१ जना संक्रमित भएका छन् ।

त्यस्तै १८ हजार ६ सय ९९ जनाको संक्रमणबाट ज्यान गएको छ भने २७ हजार ३ सय १६ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १० हजार ९ सय १ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएको छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १८ हजार ८ सय ४९९ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ४ सय ९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८१ हजार ९ सय ७ जनामा संक्रमण देखिएकोमा ७७ हजार ४ सय ५५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।
३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएको चीनमा १ सय ४४ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार ०८:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...