कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन्। युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् ।
कोरोना महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ देखि विद्यालयहरु बन्द भएका थिए। तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरु मात्र खुलेका छन् ।
अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ । सबै विद्यालय अप्रिल २० सम्ममा खुलिसक्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०७७ वैशाख ३ बुधवार १४:१५ मा प्रकाशित