back
NMB ad

यस्ता छन् उच्चस्तरीय समितिले आज गरेका निर्णयहरु !

Kumari bank ad

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले उडान रोक्ने निर्णयलाई थप १५ दिन लम्ब्याएको हो ।

यसअघिको निर्णय अनुसार वैशाख ३ गतेसम्म उडान रोकिएको थिए । सरकारले अन्तराष्ट्रिय हवाइ उडानलाई वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।

समितिले आपूर्तिलाई सहज राख्ने तथा सुरक्षालाई समन्वय गरेर अगाडी लैजाने निर्णय गरेको छ । समितिले राहात पाउने भनेर छुट्टयाईएकाहरुलाई बस्तुगत रुपमा राहत उपलब्ध गराउने निर्णय समितिका सदस्य सचिव नारायण विडारीले जानकारी दिए ।

साथै समितिले लकडाउन कडा बनाउने र उलंघन गर्नेलाई कानुन अनुसार जेल सजायसम्म गर्न निर्णय गरेको छ । त्यस्तै अफगानिस्तानमा यूएन अन्तर्गत काम गरिरहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने निर्णय गरेको छ । विडारीले युएनले नै उद्धार गर्न अनुरोध गरेकाले यो निर्णय गरेको जानकारी दिएका छन् ।

समितिले परिक्षण, पहिचान र उपचार जोड दिने निर्णय गर्दै कोरोना फैलिन नदिने निर्णय गरेको छ । साथै स्वास्थ्य सामग्री खरीद प्रक्रियालाई निजी क्षेत्रले ल्याउने सामाग्रीलाई सहजीकरण गर्ने स्वास्थ्य बिभागले खरिद गर्ने प्रक्रिया अगाडी बढाउने तथा जिटुजी माध्यमबाट खरिद हुने प्रक्रिया अगाडी बढेको जानकारी बिडारीले दिए ।

जिटुजीको खरिद प्रक्रिया आजै टुंगिने उनले बताएका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेशिनलाई प्रदेश २ मा पठाउने निर्णय समितिले गरेको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १९:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...