back
NMB ad

टेलिकमको कोरोना सर्वेक्षण : एकैदिन सात लाख सहभागी, तपाई छुट्नुभयो कि ?

Kumari bank ad

काठमाडौं । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न नेपाल टेलिकमले शुरू गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् ।

नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण शुरू गरेको थियो ।‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । ’

टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण शुरू गरेको हो । *१४१५# डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् ।

प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ ।

लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०८:२२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...