back
NMB ad

सडकमा अलपत्र परेका मजदुरहरुको गन्तव्यमा पुर्याउने

Kumari bank ad

बुटवल । प्रदेश पाँच सरकारले बन्दाबन्दी (लकडाउन) को प्रदेश पाँचभित्र सडकमा अलपत्र परेका मजदुरहरुको गन्तव्यमा पुर्याउने भएको छ ।
लकडाउनको पालना गराउनका लागि सरकारले उनीहरुलाई खाना खुवाउदै गन्तव्यमा पु¥याउने बताएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार सुरक्षा निकाय र स्थानीय तहहरुलाई प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नछाडी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन् । उनले आफनो फेसबुक वालमा समेत स्टाटस लेख्दै त्यस विषयलाई उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले विभिन्न ठाउँबाट हिडेर प्रदेशभित्र प्रवेश गर्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीको सहयोगमा रोकेर प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिने बताए । उनीहरुको खानपान र बसाई व्यवस्थापन पनि सम्बन्धित स्थानीय तहहरुले गर्नेछन् । त्यसपछि ति व्यक्तिहरुको विवरण लिएर जो जुन स्थानीय तहका व्यक्ति हुन् समन्वय गरी उनीहरुलाई गन्तव्यसम्म पु(याउन पनि प्रदेश सरकारले समन्वय गर्नेछ ।

प्रदेश सकारले शुक्रबारदेखि नै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको जनाएको छ ।शुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको केसीले जानकारी दिए । केही दिन अघि प्रदेश ५ सरकारले कोरोनाको सतर्कताका लागि बजेटको व्यवस्था गरेको थियो । त्यस रकमबाट क्वारेन्टाइन व्यवस्थापन तथा अलपत्रहरुको खानपिनका लागि स्थानीय तहले व्यवस्थापन गर्न सक्ने प्रदेश सरकारले जनाएको छ ।

जसका लागि प्रदेश ५ सरकारले गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख अनुदानको व्यवस्था गरिसकेको छ । त्यसमध्ये नेपालगञ्ज उपमहानगर, सिद्धार्थनगर नगरपालिका अरुले भन्दा थप ५ लाख अनुदानको व्यवस्था गरेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार भारतीयको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख र सिद्धार्थनगर नगरपालिकालाई २० लाख व्यवस्था गरिएको हो ।

देशका विभिन्न स्थानबाट घर जान भनी हिडेर आएका सर्वसाधारणलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले खाना र आवासको व्यवस्था गरेको छ । प्रदेश ५ सरकारले आफ्नो प्रदेशमा प्रवेश गर्ने पैदल यात्रुलाई खाना, बस्ने र गन्तव्यमा पु¥याई दिन स्थानीय तहलाई निर्देशन दिए लगत्तै नगरपालिकाले उक्त व्यवस्था गरेको हो ।

त्यसरी गन्तव्यमा हिडेका यात्रुहरुका लागि भूताहास्थित राजामहात्मा पूर्णभद्र मावि पञ्चनगरमा खाना र बस्ने व्यवस्था मिलाइएको नगर प्रमुख धीरज शर्माले जानकारी दिए । बर्दघाट नगरपालिका प्रदेश ४ को नाकासँग जोडिएको छ । ‘ पूर्वबाट पश्चिमतर्फ जान पैदल हिडेर आएका सर्वसाधारणलाई अलपत्र नपारी गन्तव्यसँग पु(याउन भनिएकाले शुक्रबार दिउँसोदेखि हामीले खाना र आवासको व्यवस्था गरेका हौं ।’ नगर प्रमुख शर्माले भने । गन्तव्यमा जान चाहनेका लागि प्रकृया मिलाएर पु¥याईने उनले बताए ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १८:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...