back
NMB ad

प्रधानमन्त्री ओलीको निर्देशन : ‘हिँडेर गाउँ जान नदिनू’

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिनुभएको छ । उहाँले खानको समस्यामा परेकालाई खानाको व्यवस्था गर्न पनिे निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

मानिसहरु लकडाउनको बेला हिँडेरै आफ्नो गृह जिल्ला जान थालेका बेला शुक्रवारको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई समस्या परेका मानिसलाई खानाको व्यवस्था मिलाउन पनि भन्नुभएको हो ।

बैठकमा पैदलै घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने वा जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षासहित जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने विकल्पमा छलफल भएको बताइएको छ । बैठकमा सुरक्षा अंगका प्रमुखहरुलाई पनि बोलाइएको थियो ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २०:४८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...