back
NMB ad

नेपालको छैठौँ संक्रमित पनि कोरोनामुक्त

Kumari bank ad

बागलुङ । बागलुङकी दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित ६५ वर्षिय महिला संक्रमण मुक्त भएकी छिन् । बागलुङ नगरपालिका–३ वर्षीया ती मनकुमारी पौडेल धौलागिरी अंचल अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन् ।

उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार नै डिस्चार्ज गर्ने बारे छलफल भैरहेको छ । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।

लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । । शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइए पनि शनिबार (आज) दिउँसो मात्र रिपोर्ट आएको हो ।

उनको यसअघि बिहिवार गरिएको तेस्रो पटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ देखिएको थियो । चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

त्यस लगतै उनलाई धौलागिरी अचल अस्पताल बागलुङको आईसोलेसन वर्डामा राखेर उपचार सुरु गरिएको थियो । यस अघि उनका सबै परिवारका सदस्यको कोरोना परीक्षण रिपोर्टन पनि नेगेटिभ आएको थियो ।

महिलामा दम र उच्च रक्तचामको नियमित औषधि सेवन गर्ने गर्दै आएकी छन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १७:२६ मा प्रकाशित

You can share this post!

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:५६

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले...

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना     

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३३

तेहरान, ७ जेठ : इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम...