back
NMB ad

मुख्यमन्त्री पौडेलको समन्वयमा अलपत्र यात्रु गन्तव्य तर्फ

Kumari bank ad

हेटौंडा । काठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा पठाईएको हो ।

निर्माणाधीन भिमफेदि कुलेखानी सडक निरीक्षण गरि फर्कने क्रममा भिमफेदिमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गाउँपालिका अध्यक्ष लामालाई गाडीको व्यवस्था गर्न भन्नुभएको थियो ।

सर्लाही हरीवनका यात्रुलाई लैजान सहजीकरणका लागि हरीवन नगरपालिकाका मेयर गणेश प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गर्नुभएको थियो । काठमाडौको विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरिवनका पैदल यात्रुहरूलाई जानको लागी गाउँपालिकाले यातायातको व्यवस्था गरेकोे थियो ।

मकवानपुरको कैलाश गाडीपालिकाका १० जना चेपाङ मजदुरलाई भिमफेदी गाउँपालिकाले यातायातको ब्यबस्था गरि गन्तव्यमा पुर्याएको छ । यस्तै सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया पठाएका थिए ।

सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसङ्ग समन्वय गरेपछि हरीवनबाट लिनका लागि यातायातको व्यवस्था गरिएको भिमफेदी गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौमा खान समस्या पर्न थालेपछि घर हिडेको मजदुरहरुले बताएका छन ।

घर जान उनीहरु बिहान ५ बजे काठमाडौबाट हिडेर अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले स्थानीय दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ । लकडाउनका कारण हिडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पुर्याईने लामाले जानकारी दिनुभयो ।

वि.सं.२०७७ वैशाख ७ आइतवार ११:०० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...