back
NMB ad

तेह्रथुमका थप २ जनामा देखियो कोरोना पोजेटिभ

Kumari bank ad

तेह्रथुम । तेह्रथुमका थप दुई जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएको छ । आज गरीएको परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।

कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएकाको सख्या जिल्लामा तीन पुगेको छ । उनीहरु एकै परिवारका हुन् । यसअघि हिजो गरिएको परीक्षणमा २८ वर्षीय युवाको रिपोर्ट पाजिटिभ देखिएको थियो ।

शुक्रबार र शनिबार भएको परीक्षणका क्रममा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिकाभित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो ।

उनीहरु तीनै जनालाई म्याग्लुङमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पुन: परीक्षण गरिएको थियो । पुन: परीक्षणका क्रममा तीनै जनामा एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो ।

पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ । यी तीन जनासहित अन्य १० जनाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १२:३४ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...