काठमाडौं । काठमाडौंको पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द हुने भएको छ । होटलले आज एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हुने जानकारी दिएको छ ।
सरकारले लकडाउन घोषणा गरेको र संक्रमणको जोखिम न्यून नभएको भन्दै व्यवस्थापनले होटल सञ्चालन गर्न सम्भव नहुने बताएको छ । होटलले होटल बन्द भएको अवधिमा श्रमिक तथा मजदुरलाई तलब आधामात्र दिने जानकारी दिएको छ ।
होटल बन्द भएको अवस्थामा श्रम ऐनअनुसार तलब दिइने होटलले बताएको छ । सरकारले संस्थागत क्षेत्रमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई पुरै तलब दिन भनेको थियो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ वैशाख ७ आइतवार १७:५७ मा प्रकाशित