back
NMB ad

हाइड्रोपावरका कर्मचारीले ४ महिनादेखि तलब नपाएको गुनासो

Kumari bank ad

इलाम । इलाममा सञ्चालित हाइड्रोले चार महिना बितिसक्दा समेत कर्मचारीलाई पारिश्रममिक र खाद्यान्न नदिएपछि समस्या भएको कर्मचारीहरूले गुनासो गरेका छन् ।

इलामको माईखोलामा सञ्चालित हिमाल दोलखा हाइड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीले पारिश्रमिक र खाद्यान्न नपाएको गुनासो गरेका हुन् ।

हिमाल दोलखामा काम गर्ने १२ जना, त्यसैको अर्को आयोजना माई क्यासकेटमा कार्यरत १७ जना र जोशी हाइड्रोमा कार्यरत ८ जनाले पारिश्रमित र खाद्यान्न नपाएको गुनासो गरेका छन् ।

पुस महिना यता तलब र कम्पनीमा खानावापतको रकम नपाउँदा खाद्यान्न संकट बन्दै गएको कर्मचारी भीमबहादुर रिजालले जानकारी दिए । उनका अनुसार हाल कम्पनीभित्र मेसमा समेत खाद्यान्न अभाव भएको बजारमा समेत बाँकी दिन छोडेपछि समस्या भएको छ ।

कार्यालयमा त खान नपाउने अवस्था आएको र घरमा समेत चार महिना यता तलब नपठाएपछि परिवार पाल्नसमेत थप समस्या उत्पन्न भएको कर्मचारी डिकबहादुर मगरको गुनासो छ ।

उनीहरूले घरमा र कम्पनीको मेसमा दुईतिरै खानेकुरा अभाव भएको दुःखेसो गर्ने गरेका छन् । लकडाउनमा न पैसा न घरमा चामल केही पनि नरहेको भन्दै कर्मचारीहरूले दुःखेसो गरेका छन् ।

कर्मचारी कमल कार्कीले आफूले सो हाइड्रोमा काम गरेको १२ वर्ष बितिसकेको बताउँदै यस्तो समस्या सँधै आउने गरेको बताए । उनले अहिलेसमेत दैनिक ज्यालादारीमा नै काम गर्ने गरेको बताए । यसअघि तलब र करार सम्झौताका विषयमा ब्यवस्थापन पक्षलाई जानकारी गराउने कर्मचारीहरूलाई कामबाट नै निकाल्ने गरेको भन्दै धेरै असहज हुँदाहँुदै पनि जागिर बचाउनका लागि बोल्न डराउनु पर्ने गरेको कर्मचारी कार्कीले बताए ।

हिमाल दोलखा, त्यसको क्यासकेट र जोशी हाइड्रो एउटै ब्यवस्थापनले सञ्चालन गरेको हिमाल दोलखा हाइड्रोपावर लिमिटेडका इन्चार्ज आकाश चौधरीले जानकारी दिए । उनका अनुसार तीनवटै हाइड्रोमा कार्यरत कर्मचारीको पुस महिनादेखिकै तलब आउन बाँकी रहेको उनको भनाइ छ ।

उनले ब्यवस्थापनसँग कुरा गर्दा लकडाउन सकिएपछि तलब पठाउने भनेको र आफू मातहतका कर्मचारीहरूलाई सोही बताउने गरेको बताए । कर्मचारी र खाद्यान्नको विवरण पठाउन आग्रह गरेपछि आफू त्यसैको तयारीमा रहेको समेत इन्चार्ज चौधरीको भनाइ छ ।
कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री दिइएन

कम्पनीमा कार्यारत कर्मचारीहरूलाई सरकारले गरेको लकडाउनको समेत बेवास्ता गरेर काम लगाएको पाइएको छ । कार्यालयमा पुग्दा कुनै कर्मचारीहरूले मास्क नलगाएको, हातधुने साबुनपानी र स्यानीटाइजरको समेत ब्यवस्था नगरेको पाइयो ।

सो विषयमा कर्मचारीहरूले जानकारी गराउँदा समेत कसैले वास्ता नगरेको कर्मचारीहरूको दुःखेसो छ । काममा नजाउँ दैनिक ज्यालासमेत काटिन्छ भन्ने डर, जाऔँ भने सुरक्षित साथ काम गर्ने वातावरण नभएको कर्मचारीहरूको भनाइ छ ।

कम्पनीकी जनरल मेनेजर रञ्जना दाहालसँग सम्पर्क गर्दा कुनै समस्या नरहेको भन्दै पन्छिन खोजिन् । उनले आफू दिनैभर कार्यारत कर्मचारीसँग कुरा गरिरहेकाले पत्रकारहरूले बिनाबित्थामा प्रश्न नउठाउन आग्रह गरिन् । कर्मचारीहरूले गरेको दुःखेसो सुन्न कारोबारकर्मीसहित जिल्लामा कार्यारत केही पत्रकार पुग्दा कर्मचारीमाथि कम्पनीले आफूहरूलाई बेवास्ता गरेको बताएका थिए ।

उनीहरूले समस्या समाधानको प्रयास गरिदिन सरोकारवाला निकायसँग मागसमेत गर्ने गरेका छन् । बाहिरबाट राहत दिन टोली पुग्दासमेत जनरल मेनेजर रञ्जना दाहालले नलिनु भनेकाले राहतसमेत नलिएको कर्मचारी कमल कार्कीको भनाइ छ ।

हाइड्रो कम्पनीमा कार्यारत कर्मचारीहरूले बाहिरको राहत लिँदा कम्पनीको इज्जत जाने भएकाले राहत नलिन माथिल्लो निकायबाट उर्दी आउने गरेको कर्मचारीहरूको भनाइ छ । (कारोबार दैनिकबाट)

वि.सं.२०७७ वैशाख ८ सोमवार १२:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...