back
NMB ad

सरकारले थाल्यो आन्तरिक हवाई उडान खुलाउने विषयमा गृहकार्य

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ ।

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताउनुभयो ।

भारतसँग खुला सीमानाका जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निक्र्यौल गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकी मुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो ।’

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ सम्म अन्तर्रा्ष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि सोही समयसम्मका लागि बन्द गरिएका छन् ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १८:५३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...