back
NMB ad

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने !

Kumari bank ad

काठमाडौं । एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो।

सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो।

३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो।

संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा अहिले माथापच्ची चलिरहेको छ । मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण उनीहरुबाट भएको अनुमान लगाउने प्रसस्तै भए पनि भारतीयको उदयपुर ‘प्रवेश विन्दु’ शिवाईको रिपोर्ट नआएसम्म भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर बताउँछन्।

धर्म प्रचारकको ट्राभल हिस्ट्रीदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्म अग्रमोर्चामा खटेका एसपी मगरका अनुसार बढीमा ३ दिनभित्र यो कुराको खुलासा भईसक्नेछ। यो समाचार आजको नागरिक दैनिकमा महेश्वर चामलिङ राईले लेखेका छन् ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०८:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...