काठमाडौं । विराटनगरमा थप एक जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित व्यक्तिको झापाका ५० बर्षीय रहेको पनि खुलाइएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
वि.सं.२०७७ वैशाख १४ आइतवार १८:४८ मा प्रकाशित