back
NMB ad

कोरोना भाइरसको नयाँ संक्रमित फेला परेनन्, यस्तो छ नेपालको पछिल्लो अपडेट

Kumari bank ad

काठमाडौँ । सोमबार कोरोना भाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् ।

उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ । यता, क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।

प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १ सय बेड सञ्चालनमा ल्याएको छ ।त्यस्तै, पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्दे्शिका जारी पनि जारी गरेको छ ।

जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ। यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...