काठमाडौं । काठमाडौंमा फेरि एक युवामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मूलपानीका २१ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंका गरिएको हो ।
मूलपानीस्थित नगर अस्पतालमा मंगलबार र्यापिड टेष्ट गर्दा एक युवकको रिपोर्ट पोजेटिभ आएको मेयर कृष्णहरि थापाले जानकारी दिनुभएको छ । ती युवक चैत ७ गते दुबईबाट घर फर्किएका हुन् ।
मेयर थापाका अनुसार नगर अस्पतालमा ती युवकको परिवार र उनको घरमा भाडा बस्नेसहित १६ जनाको र्यापिड टेष्ट गरिएको छ । अन्य १५ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ । तर ती युवकको मात्र पोजेटिभ देखिएको हो । ती युवकको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार २१:१७ मा प्रकाशित