काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार साँझ साढे ५ बजे बस्ने भएको छ ।
नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
यसअघि सचिवालय बैठक गत बुधबार बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७७ वैशाख २० शनिवार १६:२८ मा प्रकाशित