काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताउनुभयो ।
लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको भन्दै प्रधानमन्त्रीले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।
वि.सं.२०७७ वैशाख २१ आइतवार १३:४० मा प्रकाशित