back
NMB ad

देशभरका होटेल ६ महिना बन्द गर्ने : कर्मचारीलाई पूर्ण रूपमा बिदा ! तलब कति ?

Kumari bank ad

काठमाडौं । तारे होटेलहरूको साझा संस्था होटेल संघ नेपाल (हान)ले देशभरका ३ हजार होटेल ६ महिना बन्द गर्ने प्रस्ताव गरेको छ ।

हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटेलहरू वैशाख १ गतेदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई पठाउने निर्णय गरेको हो ।

‘६ महिना होटेल बन्द गर्ने प्रस्ताव सरकारलाई दिने निर्णय गरेका छौँ, अन्य निर्णय सरकार–मजदुर संगठनसँगको छलफलपछि हुनेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।

कोभिड–१९ को असरले एक वर्ष पर्यटक नआउने निष्कर्ष निकाल्दै हानले बन्द गर्ने निर्णय गरेको हो । यसले ७ लाखभन्दा बढी मजदुर प्रभावित हुनेछन् । उनीहरूलाई ६ महिनासम्म १२.५ प्रतिशत तलब मात्रै दिने प्रस्तावसमेत हानको छ ।

सरकारले तोकेको १३ हजार ७ सय ५० रुपैयाँको १२.५ प्रतिशत तलब दिने प्रस्ताव हानले गरेको शाहले जानकारी दिए । मजदुरले सेवाशुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । ‘बाँकी सरकारले सहयोग गर्नुपर्छ भन्ने हो, आम्दानी नभएपछि जीवन धान्नका लागि मात्रै मजदुरलाई पैसा दिने निर्णय गरेका हौँ,’ उपाध्यक्ष शाहले भने ।

श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटेलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरेको छ । ‘निर्णय गरेको प्रस्ताव सोमबार सरकारसमक्ष बुझाएर छलफल हुनेछ, त्यसपछि मात्रै निर्णयहरू कार्यान्वयनमा जानेछन,’ शाहले भने ।

केही दिनअघि सरकारले अहिले ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेपछि उनीहरूले होटेल बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ ।  अन्य उद्योगहरू लकडाउनपछि खुले पनि होटेललाई त्यसरी मान्न नसकिने निष्कर्षसमेत हानले निकालेको छ ।

वि.सं.२०७७ वैशाख २२ सोमवार ०८:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...