काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप घट्दै गएपछि विद्यालय खोल्ने तयारी भएको छ । अर्को हप्तादेखि विद्यालयहरु खोल्ने दक्षिण कोरियाले जनाएको छ ।
मे १३ तारिखदेखि उच्च माध्यामिक र मे २० तारिखदेखि निम्न माध्यामिक स्तरका विद्यालय खुलाउने तयारी भएको शिक्षामन्त्री यो इअन हाएले बताउनु भएको छ । दक्षिण कोरियामा कोरोना भाइरसका कारण झण्डै ५४ लाख विद्यार्थीले गएको अप्रिल ९ तारिखदेखि अनलाइन कक्षा लिइरहेका छन् ।
दक्षिण कोरियामा १० हजार ८ सय एक जना कोरोना संक्रमितमध्ये दुई सय ५२ जनाको ज्यान गएको छ भने ९ हजार २ सय १७ जना उपचारपछि निको भएका छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १८:४९ मा प्रकाशित