काठमाडौं । नेपालमा एकैदिन थप १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्जमा २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उहाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यीमध्ये २२ जना उपचारपछि निको भएका छन्।
वि.सं.२०७७ वैशाख २४ बुधवार १६:१८ मा प्रकाशित